विवाह मण्डपबाटै बेहुलालाई प्रहरीले नियन्त्रणमा लियो, पण्डित पनि फन्दामा

काठमाडौ – बाल बिबाहको आरोपमा प्रहरीले दुलाहा,पण्डित सहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

यो विवाहमा संलग्न भएको आरोपमा प्रहरीले कपिलदेव चौबे, बेहुला मुकेश गिरी, बेहुलाका बुबा रामसागर गिरी, काका रामाशेष गिरी, बेहुलीकी आमा लक्ष्मी गिरी र काकी गीता गिरीलाई नियन्त्रण लिएको हो ।

घटना रौतहटको गरुडा नगरपालिका-५ शिवनगरको एक मन्दिरको हो । १५ वर्षीया बालिकाको २४ वर्षका युवकसँग विवाह गराउँदै गरेको अवस्थामा प्रहरी पुगेको थियो ।

आर्थिक रुपमा विपन्न यो परिवारलाई पैसाको लोभ देखाई बिहे गर्न लगाएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया