काठमाडौ – मंसीर २९ गरे देखि आइपिओ आवेदन खुला गरेको प्रभु इन्स्योरेन्स मा लगानीकर्ताको निकै आकर्षण देखिएको छ ।
आवेदन खुलेको दोस्रो दिनमै माग भन्दा तिन गुणा धेरै आवेदन परेको छ । अब शेयर बाँडफाडमा गोलाप्रथा हुने निश्चित भएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार मंगलबार ४ः४० बजेसम्ममा ६ लाख ६८ हजार आवेदनबाट १ करोड ८६ लाख कित्ता शेयरको लागि आवेदन परेको छ।
कम्पनीले सोमबारदेखि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको छ । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले निष्काशनमा ल्याएको हो ।