काठमाडौं– चिनी उद्योगीले उखु किसानको रकम भुक्तानी नदिएपछि सरकारले पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको छ ।
मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले पैसा नदिने उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको हो ।
गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा कृषि मन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी सहभागी बैठकले यस्तो निर्णय गरेको हो ।
उद्योगीले करिब ९० करोड रुपैयाँ भुक्तानी नदिएको भन्दै किसानले गत आइतबारदेखि दिनहुँ माइतिघरमा आन्दोलन गर्दै आएका छन् ।