काठमाडौ – ओली सरकार गठन भएको करिब ३ वर्ष जति चुपचाप जस्तै बसेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज देशैभर शक्ति प्रदर्शन गरेको छ ।
नेपाली कांग्रेसका केन्द्रिय नेताको नेतृत्वमा विभिन्न ठाउँमा भएको विशाल प्रदर्शनमा हजारौं कार्यकर्ताहरु सडकमा उत्रिएका थिए ।
सरकारको निरंकुशतंत्र,पछिल्लो समय बढिरहेका बेतिथि बिरुद्दमा कांग्रेसलाई सडकमा समेत जनताले दरिलो साथ दिएका छन् ।
त्यस्तै आज सडकमा जनताले भरपूर साथी दिए पछि पाटी सभापति शेरबहादुर देउवाले सबैलाई बधाई तथा धन्यवाद व्यक्त गर्नुभयो ।