काठमाडौ – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना बाट १८ जनाको ज्यान गएको मन्त्रलायले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५४२३ जनाको पीसीआर परीक्षणमा ८२१ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा दैनिक परिक्षण गर्ने दर समेत निकै घटेको छ । गत २४ घण्टामा ८४२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ३६ हजार ५ सय ७३ जना छन् । नेपालमा निको हुने दर ९४ दशमलव ९ प्रतिशत रहेको छ ।