आगामी महिना देखि नेपाली कामदार इजरायल जान पाउने

काठमाडौ – नेपाली कामदारहरु आगामी महिना देखि इजरायल जान पाउने भएका छन् ।

केयरगिभर रुपमा त्यहाँ जान नेपालीको लागि बाटो खुलेको हो । इजरायली दूतावासले दिएको जानकारी अनुसार अर्को महिनाबाट कामदार जान पाउने गरी काम भइरहेको छ ।

नेपालबाट नर्स,केयर गिभर,अस्पताल जस्तो ठाउँमा नेपाली कामदारहरु जाने गरेका छन् । गत असोजमा नेपाली कामदार लैजाने विषयमा सम्झौता भइसकेको छ ।

नेपाल सरकार र इजरायल सरकारको संयुक्त प्रयासमा कामदारहरु त्यहाँ जाने छन् । पछिल्लो समय नेपाली कामदारको लाइफ इजरायल निकै आकर्षक रोजगार गन्तव्य बनेको छ ।

प्रतिक्रिया