काठमाडौ – दैनिक रूपमा विदेशमा नेपालीहरूको ज्यान गैरहेको छ । करिब आधा करोड भन्दा धेरै नेपाली विदेशमा रहेका छन् । उनीहरू कामको शिलशिलामा या कुनै दुर्घटनामा ज्यान जाने गरेको छ ।
यस्तै मलेसियामा एक नेपाली सुरक्षा गाडको ज्यान गएको छ । ज्यान जाने धनकुटाका ४२ वर्षीया भीम बहादुर मगर रहेका छन् ।
उनी काम सकाएर खाना खाइ सुतेका थिए । उनी सुतेकै अवस्थामा ज्यान गएको हो । उनका साथीहरुले दिएको जानकारी अनुसार उनी विगत केही समय देखि बिरामी पनि थिए ।
उनको ज्यान गएसँगै परिवारको बिचल्ली भएको छ । अहिले उनको शव नेपाल पठाउने बारे छलफल भैरहेको प्रहरीले जनाएको छ ।