१४ औं चितवन महोत्सव आजदेखि सुरु

कमल ढकाल/चितवन - चितवनको गौरवको रुपमा रहेको चितवन महोत्सव आजदेखि चितवनमा सुरु भएको छ । कार्यक्रमको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उदघाटन गर्ने कार्यक्रम रहेको छ । 

महोत्सबमा ३ सय भन्दा धेरै स्थानिय उत्पादन सीपको प्रदर्शनी तथा बिक्रि वितरणको व्यवस्था गरिएको छ । 

महोत्सव आयोजक समितिले विगतमा जस्तै यो पटक पनि मेला भव्य रुपमा सफल हुने विश्वास लिएको बताइएको छ । 

कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुको समेत प्रस्तुति रहने छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय