साताको पहिलो दिनमै नेप्सेमा पहिरो,विना कारण किन घटिरहेको छ बजार ?

काठमाण्डौ । साताको पहिला दिन नेप्से ७२ अंक भन्दा धेरैले घटेर समग्र बजार २५१३ विन्दुमा झरहेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन विहिबार पनि नेप्से घटेर बजार बन्द भएको थियो । 

नेप्सेमा ठुलो गिरावट आएपनि कारोबार रकममा भने सुधार आएको छ । २२६ कम्पनीहरुको ४ अर्व ९० करोड रुपैयाँ हाराहारीमा कारोबार भएको छ । कारोबा भएका मध्य ९ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भ ने बाँकी सबै कम्पनीहरुको शेयर मूल्य घटेको छ । आज नेप्सेका सबै उपसूचकहरु घटेका छन भने वीमा समूह सबै भन्दा धेरै घटेको छ । आज नेश्नल जलविद्युत कम्पनीको शेयर सबै भन्दा धेरै मूल्यको खरिद विक्री भएको छ । 

शेयर बजार निरन्तर ओरालो लाग्नु अचम्मको विषय भएको जानकारहरु बताउछन । यो समय शेयर बजार घट्नु पर्ने कुनै कारण नरहे पनि बजार घटिरहेको लगानीकर्ता दिपेन्द्र अग्रवालले आर्थिक सन्देशलाई बताउनु भयो । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय