काठमाडौ – पछिल्लो समय सवारी दुर्घटना निकै बढिरहेका छन् । यसै बीच काठमाडौ को मुख्य नाका कलंकीमा भयानक दुर्घटना भएको छ ।
ब्रेक फेल भएको एउटा ट्रकले ८ सवारी साधनलाई ठक्कर दिदा एक जनाको ज्यान गएको छ भने ६ जना गम्भीर घाइते भएका छन् । ट्रकले एक घरमा समेत क्षति पुराएको छ ।
नागढुंगाबाट कलंकीतर्फ आउँदै गरेको प्रदेश २ ०३००१ ख १४२० ट्रक कलंकीको कालिका पेट्रोल पम्प नजिक ब्रेक फेल दुर्घटना भएको प्रहरीको भनाइ छ ।
मृत्यु हुनेमा ओखलढुंगा घर भएका अन्दाजी ३० वर्षीय शंकर परियार छन् । दुर्घटनामा अरु ६ जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।