काठमाडौ – केही समय पहिला आइपिओ निस्कासन गरि बाँडफाड समेत सकाएका दुई हाइड्रो कम्पनीहरुको शेयर सूचीकृत प्रकृयामा गएका छन् ।
सूचीकृत भए संगै अर्को हप्ताबाट दोस्रो बजारमा कारोबार हुन सक्ने कम्पनीहरुले जनाएका छन् ।
युनाईटेड इदी मार्दीका कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले कम्पनीको शेयर सूचीकरणको प्रकृया अघि बढेको जनाएकाे हाे ।
यस्तै, माउन्टेन इनर्जीको शेयर सूचीकरणको तयारीमा पनि सकिएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले सूचीकरणको सम्पूर्ण तयारी सकिएको मेरो लगानीलाई जानकारी गराए ।