अन्तिम घण्टामा शेयर बजार एक्कासि फर्किएर हरियाली ,आइतबारबाट नेप्से माथि जाने लगानीकर्ताको अपेक्षा

काठमाण्डौ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक सामान्य अङ्कले बढेर बजार बन्द भएको छ । नेप्सेसँगै कारोबार रकममा पनि हल्का सुधार आएको छ । 

आज नेप्से करिव ५ अङ्कले बढेर समग्र बजार २३२५ विन्दुमा पुगेको छ । यो हप्ता नेप्से २ दिन बढेको छ भने बाँकी ३ दिन भने घटेको छ । आज २३१ कम्पनीको १ अर्ब ६२ करोड माथिको शेयर किनबेच भएको छ । 

२ कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा नेष्डो समृद्ध लघुवित्तको शेयरको किनबेच सबै भन्दा धेरै भएको छ । बैंक,फाइनान्स तथा बीमा समूहको उपसूचक घटेर कारोबार हुँदा एक सय भन्दा धेरै कम्पनीको शेयर बढेको छ भने बाँकी कम्पनीको भने घटेको छ । ३६ हजार पटक शेयर किनबेच हुँदा जाल्पा सामुदायिक लघुवित्त र ग्रीन भेन्चर्सको शेयर मूल्यमा सर्किट लागेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय