प्रिओपन सेसनमा १ कम्पनीको मात्र शेयर कारोबार,कतिले बढ्यो नेप्से ? 

काठमाण्डौ । साताको पहिलो दिन प्रिओपन सेसनमा नेप्से परिसूचक शून्य दशमलव शून्य २ अङ्कले मात्र हरियो भएको छ । यो सेसनमा आज केवल १ कम्पनीको मात्र शेयर कारोबार भएको छ । 

कारोबार हुने कम्पनी बरुण जलविद्युत कम्पनी रहेको छ भने यो कम्पनीको दश कित्ता शेयर ४७१० मूल्यमा खरिद बिक्री भएको छ । सो कम्पनीको मूल्य एक दशमलव ९५ प्रतिशतले बढेको छ । 

अघिल्लो साता ३ दिन शेयर बजार बढेको थियो भने ३ दिन भने घटेको थियो । अहिले बजार २०२८ विन्दुमा रहेको छ । 

प्रतिक्रिया