पछिल्लो २४ घण्टामा फेरि बढ्यो कोरोना संक्रमण,ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो

काठमाण्डौ - पछिल्लो २४ घण्टामा देशभर ३७२९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट २४३० जना र एन्टिजेन परीक्षणबाट १२९९ जनामा संक्रमण पुष्टि भएको हो । 

२४ घण्टामा जम्मा १५ हजार ६७५ नमुना परीक्षण भएको छ । जसमा पीसीआर परीक्षण ९ हजार ४९३ र एन्टिजेन परीक्षण ६ हजार १८२ भएको मन्त्रालयले जानकारी दिएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १८८५ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट २५ जनाको मृत्यु भएको छ ।

हालसम्म पिसिआर विधिबाट ७ लाख १० हजार ५०९ जना र एन्टिजेन ६७ हजार ८० विधिबाट जनामा कोरोना पुष्टि भएको छ । 

कोरोना मुक्त हुनेको संख्या ६ लाख ६५ हजार ५४८ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ९ पुगेको छ । 

अहिले देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ पुगेको छ । 

प्रतिक्रिया