काठमाडौं - २४ घण्टामा देशभर १२ हजार ३३८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट १० हजार ५२ र एन्टिनेज परीक्षणबाट २२८६ जनामा कोरोना पुष्टि भएको छ ।
३४ घण्टामा २७ हजार ४७९ कोरोना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसमा २१ हजार ७ पीसीआर र ६ हजार ४९० एन्टिजेन परीक्षण भएको छ ।
२३ घण्टामा ६४९ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या ४ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा तीन दिनदेखि लगातार कोरोनाको रकर्ड बनिरहेको छ । बुधबार ११ हजार ३५२ मा र मंगलबार १० हजार २५८ मा कोरोना पुष्टि भएको थियो ।