बिहीबार प्रिओपन सेसनमा नेप्सेमा सामान्य अङ्कको वृद्धि

काठमाण्डौ । बुधबार दोहोरो अङ्कले बढेको बजारमा बिहीवार पनि हरियाली छाएको छ । प्रिओपन सेसनमा नेप्से १ अङ्क भन्दा धेरैले बढेर समग्र बजार २११३ विन्दुमा पुगेको छ । 

आज यो सेसनमा ९ कम्पनीको शेयर खरिद बिक्री भएकोमा ९ लाख भन्दा धेरैको शेयर किनबेच भएको छ । कारोबार भएका मध्य ८ कम्पनीको शेयर मूल्य बढेको छ भने जीवन विकास लघुवित्तको शेयर सबै भन्दा धेरै भएको छ । 

आज तीन उपसूचकमा हरियाली छाएको छ भने १०३३ कित्ताको शेयर खरिद बिक्री भएको छ । मौद्रिक नीति पछाडि शेयर बजारमा उत्साह फर्किएको छ । ४ कारोबार दिनमा ३ दिन नेप्से बढेर बजार २१ सयको विन्दुमा आएको हो । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय