☰

नेप्से ६.३८ अंकले घट्यो, कारोबार रकम ३ अर्ब ७४ करोड

काठमाडौं । साताको कारोबारको तेस्रो दिन बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। बजारमा बिक्री चाप बढ्दा नेप्से परिसूचक ६.३८ अंकले घटेर २५७२.३४ विन्दुमा झरेको हो।

अघिल्लो कारोबार दिन २५७८.७२ विन्दुमा रहेको नेप्से बुधबार ०.२४ प्रतिशतले घटेको हो।

बुधबार कुल १० करोड ३० लाख ६ हजार ८८ कित्ता सेयर कारोबार भएको छ। दिनभर भएको कारोबारमा कुल ३ अर्ब ७४ करोड ८० लाख ८ हजार ३०३ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

कारोबारमा सहभागी कम्पनीमध्ये १६७ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १०० वटा कम्पनीको सेयर मूल्य बढेको छ। यस्तै १२ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।

बुधबारको कारोबारमा दिनभर बजारमा उतारचढाव देखिए पनि अन्तिम समयमा नेप्से परिसूचक दबाबमा परेको हो। पछिल्लो समय बजारमा देखिएको अस्थिरतासँगै लगानीकर्ताको खरिदभन्दा बिक्रीतर्फको आकर्षण बढी देखिँदा परिसूचक घटेको हो।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय