काठमाण्डौ । गर्मीले आजित बनेका तराइ बासी जनताको लागि मनसुनले राहत दिने भएको छ। यस वर्षको मनसुन प्रणाली सोमबार नेपाल भित्रिएसँगै तापक्रम घट्ने अनुमान गरिएको छ ।
कोशी प्रदेशको पूर्वी भू–भागबाट प्रणाली प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा ३ दिन छिटो गरि प्रवेश गरेको छ ।
अब देशको अन्य भू(भागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडी बढ्ने देखिन्छ ।