काठमाडौं - काठमाडौं जाँदै गरेको बस दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।
बर्दियादेखि काठमाडौं जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको यात्रु बस लमही नगरपालिका ९ रिहार नजिकै गएराति ११ बजे दुर्घटना भएको थियो।
दुर्घटनामा गेरुवा गाउँपालिका १ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, अमिलियाले जनाएको छ। दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो।
बसमा ४७ जना सवार रहेको २ जना घाइते भएको र अन्य यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ। बस चालक सामान्य घाइते भएको र उनको कोहलपुरमा उपचार भैरहेको छ।
मृतकहरूको शव लमही अस्पतालमा राखिएको छ। बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। अगाडि बसेका २ जनाको च्याप्पिएर मृत्यु भएको प्रहरीले जनाएको छ।
केही दिन अगाडि नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको यात्रु बस दाङको भालुवाङ राप्ती पुलबाट खस्दा १२ जनाको घटनास्थलमै ज्यान गएको थियो।