काठमाण्डौ – हङकङमा एक नेपाली रेसटुरेन्टमा आगालगी हुँदा नौं वर्षीय बालिका सहित ७ जनाको ज्यान गएको छ ।
सी रेष्टुरेन्टमा नेपालीहरुको एक समूहले बर्थ डे पार्टी मनाइरहेका बेला राति करिब ८ बजेतिर आगलागी सुरु भएको थियो । आगलागीमा परी चार पुरुष र तीन महिलाको मृत्यु भएको हो । उनीहरुको उमेर ९ देखि ४० वर्ष छ ।
सो आगालगीमा ज्यान गुमाउने बागलुङका रहेका छन । सो क्षेत्रमा नेपालीहरुको बाक्लो बसोबास रहेको छ ।
ज्यान गुमाउनेको पुरै परिचय चुल्न बाकी रहेको प्रहरीले जनाएको छ ।