यी दुई कम्पनीले भोलि आइपीओ माग गर्दै,कहिले होला निस्कासन ?

काठमाडौं – नेपालमा नयाँ लगानीकर्ता धमाधम थपिए संगै लगानीका अवसरहरू पनि धमाधम खुल्दै छ । यसैक्रममा तिहार लगत्तै २ कम्पनीले आइपिओ निष्कासनको लागि धितो पत्र बोर्ड मा निवेदन दिने भएका छन् ।

कागजात पुर्याएका कम्पनीहरुलाई तिहार लगतै निष्कासनको अनुमति दिने बोर्डले जनाएको छ । ज्योती लाइफ इन्स्योरेन्स ले पनि आइपिओ निष्कासनको अन्तिम चरण रहेको छ । साथै ग्रीन भेन्चर कम्पनी र ज्योति लाइफ इन्सोरेन्सले समेत आइपिओ निष्कासन गर्ने जनाएका छन् ।

दुई वटै कम्पनीले १०० अंकित दरमा आइपिओ निष्कासन गर्ने भएका हुन् । ग्रीन भेन्चर लिमिटेडले सर्वसाधारणमा ६२ करोड ५० लाख रुपैंयाको साधारण शेयर निष्काशन गर्ने भएको छ । प्रतिकित्ता १०० रुपैंया अंकित मूल्यमा ६२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नेछ । त्यस्तै, ज्योति लाइफ इन्स्योरेन्सले ६६ करोड रुपिँयाको साधारण सेयर नियकासन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता एक सय अंकित दरमा ६६ लाख कित्ता आइपिओ निष्कासन गर्नेछ । यी दुई बटै कम्पनी तिहार पछाडि निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड जाने जानकारी दिएका छन् । ।

प्रतिक्रिया