अस्पतालमा अचम्मको तिहार – नर्सले बिरामीलाई भाइटीका लगाइदिए

काठमाडौं – यसो त हो वर्षको तिहार निकै दुःखदायी छ । कोरोना भाइरसको महामारीका कारण सबै दिदीभाइ संगै हुन पाएका छैनन । यस्तै समस्याका बीच अस्पतालमा नर्सले बिरामीलाई टीका लगाइदिएर तिहार मनाएका छन् ।

चितवन मेडिकल कलेजका नर्सहरुले बिरामीहरुलाई भाइटीका लगाइदिएका छन् । नर्सहरुले बेडमा सुतिरहेका बिरामीहरुलाई भाइटीका लगाएको अस्पतालका प्रमुख प्रशासकिय अधिकृत प्रताप देवकोटाले जानकारी दिए ।

उनीहरुले अस्पतालमा उपचाररत १५७ जना बिरामीलाई भाइटीका लगाइदिए ।

बिरामीले अस्पतालमै टीका लगाउन पाए पछि आफूहरु निकै खुसी भएको प्रतिक्रिया दिएका छन् ।

अहिले सामाजिक सञ्जालमा नर्सले भाइटीका लगाइदिएको तस्बिरहरू निकै शेयर भइरहेका छन् । सबैले निकै राम्रो काम भनेर नर्सहरुको प्रशंसा पनि गरेका छन् ।

प्रतिक्रिया