आज तिहारको बिशेष दिने भाइटीका, उत्तम साइत ११.३७ मा

काठमाडौं- यम पञ्चकाको मुख्य दिने आज भाइटीका रहेको छ । आज आफ्ना दाई भाइहरूलाई दिदी बैनीहरुले सप्तंगी टीका र माला लगाई मिष्ठान्न भोजन गराउने चलन छ ।

विगत जस्तो यो वर्ष तिहारमा रौनक नभए पनि सबैले आफू बसेकै ठाउँमा सुरक्षित तबरले तिहार मनाउन हामी हाम्रा पाठकलाई अनुरोध गर्दछौं ।

आज दिन भारी टीका लगाउने उत्तम रहे पनि साइत खोज्नेका लागि बिहान ११.३७ मा उत्तम साईत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

प्रतिक्रिया