करेन्ट लागेर १७ बर्षे युवतीको ज्यान गयो

काठमाण्डौ - असावधानीबस विद्युतीय सामाग्री छुँदा ठुलो दुर्घटना हुने गर्दछ । यस्तै दुर्घटना कपिलबस्तुमा पनि घटेको छ । 

कपिलवस्तुमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ ।  जिल्लाको कृष्णनगर नगरपालिका–९ बवनपुरवा बस्ने रामप्रकाश कोरीकी १७ वर्षीया छोरी कैलासी कोरीको गएराति करेन्ट लागेर मृत्यु भएको हो । टेवल पङ्खा जोड्ने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफु सुत्ने कोठामा टेवल पङ्खा जोड्ने क्रममा उनी करेन्ट लागेर गम्भीर भएकी थिइन् । घाइते भएकी उनको उपचारको क्रममा शिवराज अस्पताल बहादुरगञ्जमा मृत्यु भएको हो । घटनाका बिषयमा थप अनुसन्धान भैरहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय