काठमाडौं- नेपालीहरुको महान पर्व शुभ दिपावलीको शुभ साइट बिहान ११:३७ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
मध्याह्नकालमा जुनसुकै समयमा पनि टीका लगाउन सकिने भए पनि उत्तम साइत खोज्नेहरुको लागी यो समय उत्तम रहेको समितले जनाएको छ ।
राज्य सञ्चालकले शुभसाइतमै टीका लगाउनु पर्ने तथा अन्य सर्वसाधराणहरुले जुनसुकै बेला टीका लगाउन सकिन समितिको भनाइ छ । यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि सुरु भएको थियो । त्यस दिनदेखि यमदीप दान सुरु गरियो । त्यस्तै कात्तिक २८ गते काग तीहार र धनवन्तरि जयन्ती समेत परेको थियो ।