काठमाडौं -अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि नेपाल आयल निगमले खाना पकाउने ग्यास सहित सबै इन्धनको मूल्य बढाएको छ । मूल्य समायोजन नगर्दा मासिक करिव चार अर्ब रुपैयाँ घाटा हुने भए पछि मूल्य बढाएको निगमले जनाएको छ ।
निगमले खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर ५० रुपैयाँलेले मूल्य वृद्धि गरेको छ । भाउ बढाएसँगै ग्यासको मूल्य एक सिलिन्डरको १५ सय रुपैयाँ पुगेको छ । शुक्रबार रातिबाट लागू हुने गरी खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेलको मूल्य लिटरमा तीन रुपैयाँ र हवाई इन्धनको मूल्य १० रुपैयाँ बढाएको हो । पेट्रोलको मूल्य लिटरको एक सय ३३ रुपैयाँ कायम गरेको छ । त्यसैगरी, डिजेल र मट्टितेलको मूल्य लिटरको एक सय १६ रुपैयाँ पुगेको छ । त्यसैगरी, आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ९६ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर अमेरिकी डलर आठ सय ५३ पुगेको छ ।
मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिब लिटर १२ रुपैयाँ ५५ पैसा, डिजेलमा प्रतिलिटर ११ रुपैयाँ ६७ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर चार सय ६१ रुपैयाँ २२ पैसा घाटा हुने निगमको दावी छ ।