धौलागिरी लघुवित्तका शेयरधनी पहिलो कारोवारमै मालामाल, ओपनिङ रेञ्ज कति

काठमाडौंं - धौलागिरी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट सम्पन्न भएको छ ।

कम्पनीको आइपीओ बाँडफाँट सम्पन्न भएसँग कम्पनीले पहिलो कारोबारको लागि १४८ दशमलव ६६ देखि ४४५ दशमलव ९८ ओपन रेञ्ज पाउने देखिएको छ ।

कम्पनीको आर्थिक वर्ष २०७७÷७८ को वास्तविक प्रतिशेयर नेटवर्थ १४८ दशमलव ८८ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो । नेपाल स्टक एक्सचेञ्जले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ र सोही कारण उक्त मूल्य रेञ्ज पाउने देखिएको हो ।

कम्पनीको आईपीओ हाल नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ ।कम्पनीले भदौ ८ गते १९ लाख ५२ हजार ४६० जना आवेदकहरूमध्येबाट गोलाप्रथाद्वारा ३० हजार ९२९ जनाले १०÷१० कित्ताका दरले शेयर वितरण गरेको छ । भने ५ जनाले ११ कित्ता शेयर आएका हुन ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय