काठमाडौं - सरकारले तमु ल्होसारको अवसरमा भोलि (बिहीबार) सार्वजनिक बिदा दिने भएको छ। यो सँगै भोलि शेयर बजार नखुल्ने भएको छ ।
भेलि तमु ल्होसारको अवसरमा सार्वजनिक बिदा दिनेगरि गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषदमा प्रस्ताव लगेको बुझिएको छ । विदामा सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरु बन्द हुनेछन्।
आज बुधबार शेयर बजार सामान्य बढेर बजार बन्द भएको थियो भने भोलि बजार खुल्ने की न खुल्ने बन्ने विषयमा अन्योल थियो । गृह मन्त्रालयले भने आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।