नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ ।लघुवित्तको १२ लाख ८ हजार ७८९.१५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।
नेप्सेमा सूचीकृत बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।