प्रि ओपन सेसन - सामान्य अंकले बढ्यो नेप्से,जीवन विकास लघुवित्तका शेयरमा आकर्षण

काठमाडौं - साताको अन्तिम दिन प्रि ओपन सेसनमा नेप्से झिनो अंकले बढेको छ । हिजो बुधबार नेप्से दोहोरो अंकले घटेर बजार बन्द भएको थियो । 

आज यो सेसनमा १४ कम्पनीको शेयर खरिद बिक्री भएकोमा ९ कम्पनीको शेयर मूल्य बढेको छ भने २ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै बाकी कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ । 

६ लाख भन्दा धेरै मूल्यको शेयर खरिद बिक्री हुँदा जीवन विकास लघुवित्तको शेयरमा लगानीकर्ताको आकर्षण रहेको छ । कम्पनीको बूक क्लोज हुने दिन आएसँगै आक्रमक कारोबार भइरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय