मैले राजिनामा दिनु भनेको देश बर्बाद हुनु हो – ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले राजिनामा नदिने बताउनु भएको छ । आफुले राजिनामा दिनुले देश बबार्द हुने उहाँको तर्क छ ।

आज मनमोहन सेन्टर एनेक्सको भवनको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा राख्नु भएको हो । आफु राजिनामा दिनेबाला नरहेको उहाँको दावी छ ।

धेरै तह र तप्काबाट आफुलाई पदबाट हटाउने प्रयास भइरहेको ओलीको गुनासो छ । आफु जनताको विश्वास र मतबाट यो स्थानामा आएको उहाँको दावी छ ।

पछिल्लो समय नेकपा भित्रै भइरहेको किचलोका कारण प्रचण्डलाई प्रधानमन्त्री बनाउने चर्चा समेत चलिरहेको छ । यसै विषयलाई समेटेर आज ओलीले आफ्नो धारणा राख्नु भएको हो ।

प्रतिक्रिया