मेयर शाक्यले भने – भोकालाई पार्टी प्यालेसमा खाना खुवाउनुहोस पैसा महानगरले तिर्छ

खुल्लामञ्चमा निशुल्क खाना वितरण कार्यक्रमलाई लिएर पछिल्लो समय सामाजिक सञ्जाल र राजनितिक बृत तातेको छ ।

महानगरले नगरप्रहरी प्रयोग गरि खुल्लामञ्चमा खाना खुवाउने कार्यक्रम रोक्न दवाव दिए पछि उत्पन विवादले मेयर विद्यासुन्दर शाक्यको निकै आलोचना भएको थियो । यसै विषयलाई लिएर बोल्दै शाक्यले भोकालाई खाना खुवाउनेहरुले पार्टी प्यालेसमा खाना खुवाउन र त्यसको भाडा महानगरले तिरिदिने खोषणा गरेका छन ।

पत्रकार सम्मेलनमा बोल्दै मेयर विद्यासुन्दर शाक्यले खाना खुवाउने अभियन्ताहरुसँग छलफल चलिरहेको र महानगरले कसलै सुरक्षित हिसाबले खाना खुवाउन चाहे पार्टी प्यालेसको भाडा तिरिदिने बताए।

लकडाउन भए सँगै दैनिक काम गरेर गुजारा चलाइरहेकाहरुलाई लक्षीत गर्दै केहि संघसंस्थाहरुले निशुल्क रुपमा खाना वितरण गर्दै आइरहेका थिए । महानगरको इज्जत गएको तथा सार्वजनिक स्थल फोहोर भएको भन्दै महानगरले सो अभियान रोक्न दवाव दिएको थियो ।

प्रतिक्रिया