५ कम्पनीको बोनस शेयर नेप्सेमा सूचिकृत,लगानीकर्ताको खातामा कहिले आँउछ ? 

काठमाडौं । कम्पनीहरुको अघिल्लो आर्थिक बर्षको नाफाबाट घोषणा बोनस शेयर सूचिकृत गर्दै लगानीकर्ताको खातामा पठाउन थालेका छन । यसैबीच पाँच कम्पनीहरुको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । 


सूचिकृत हुने कम्पनीमा नबिल बैंक, एक्सेल डेभलपमेन्ट बैंक र स्वभिमान लघुवित्त वित्तीय संस्थाको रहेका छन् । नबिल बैंकको ४ करोड ६५ लाख १७ हजार ३५५ दशमलव ८९ कित्ता, एक्सेलको ९ लाख ७३ हजार ३४५ दशलमव ४६९७ कित्ता र स्वाभिमान लघुवित्तको २ लाख ९७ हजार ३२१ दशलमव ५० कित्ता बोनस सेयर सूचीकृत भएको हो।

अब यो सेयर हितग्राही खातामा आएपछि सेयरधनीले खरिद बिक्री गर्न सक्नेछन्। नबिल बैंकले पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३३ दशलमव ६० प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो।

त्यसैगरी एक्सेल डेभलपमेन्ट बैंकले असोज १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ प्रतिशत बोनस सेयर र स्वाभिमान लघुवित्तले पुस ८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३२ दशलमव ३० प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो। कम्पनीहरुले केही दिनमा लगानीकर्ताको डिम्याट खातामा समेत शेयर पठाउने तयारी गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय