माछापुच्छ्रे बैंकले आफ्ना शेयर धनीलाई बोनस शेयर दिने

काठमाण्डौ -  माछापुच्छ्रे बैंक लिमिटेड आफ्ना शेयर धनीहरुलाई बोनस शेयर दिने भएको छ । 

बैंक सञ्चालक समितिको आज बसेको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को खुद मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजीको १४ प्रतिशत रु. १ अर्ब २६ करोड ७४ लाख ३२ हजार ६३२ लाभांश (करसहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । जसमा १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामी वार्षिक साधारणसभाबाट पारित भए पश्चात वितरण गर्ने निर्णय पनि बैठकले गरेको छ। 

प्रतिक्रिया