घट्यो विकास बैंकहरुको नाफा

काठमाडौं । चालु आर्थिक वर्षको असोज मसान्तसम्म आइपुग्दा राष्ट्रियस्तरका विकास बैंकहरुको खुद नाफा समग्रमा ३०.०७ प्रतिशतले घटेको छ । यसअवधिमा विकास बैंकहरुले १ अर्ब ९ करोड ७२ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।

अघिल्लो वर्षको यसैअवधिमा भने राष्ट्रियस्तरका विकास बैंकहरुले १ अर्ब ५६ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । बैंकहरुको नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि प्रभावित भएको छ । यसअवधिमा खुद नाफा, खुद ब्याज आम्दानीमा मुक्तिनाथ विकास बैंक अगाडि रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा राष्ट्रियस्तरका विकास बैंकहरुको पुँजी समग्रमा १५.९५ प्रतिशतले बढेर ३१ अर्ब ७४ करोड ५२ लाख ३६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकहरुको पुँजी २७ अर्ब ३७ करोड ८५ लाख ३७ हजार रुपैयाँ थियो । सबैभन्दा धेरै चुक्ता पुँजी मुक्तिनाथ विकास बैंकको रहेको छ ।

यसको पुँजी १७.५८ प्रतिशतले बढेर ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार रुपैयाँ पुगेको छ । एक वर्षमा ८ वटैको पुँजी बढेको छ । सबैभन्दा धेरै चुक्ता पुँजी बढ्नेमा गरिमा विकास बैंक रहेको छ । यसको पुँजी २४.८९ प्रतिश ले बढेर ४ अर्ब ५९ करोड ८ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।

 

पहिलो त्रैमाससम्ममा समग्रमा विकास बैंकहरुको जगेडा कोष ९.३० प्रतिशतले बढेर १० अर्ब ८८ करोड ७ लाख १६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यिनीहरुको जगेडा कोषमा ९ अर्ब ९५ करोड ४७ लाख ४० हजार रुपैयाँ थियो । यसअवधिमा सबैभन्दा धेरै जगेडा कोष महालक्ष्मी विकास बैंकको रहेको छ ।

बैंकको जगेडा कोष २२.५९ प्रतिशतले बढेर २ अर्ब ८ करोड ५० लाख ४१ हजार रुपैयाँ पुगेको छ । एक वर्षको अवधिमा ६ बैंकको जगेडा कोष बढेको छ भने २ वटाको घटेको छ । सबैभन्दा धेरै जगेडा कोष बढ्नेमा सांग्रिला डेभलपमेन्ट बैंक रहेको छ । यसको जगेडा कोष ३६.६२ प्रतिशतले बढेर १ अर्ब १ करोड ५४ लाख ९० हजार रुपैयाँ पुगेको छ ।

पहिलो त्रैमासमा विकास बैंकहरुको खुद नाफा २५.३८ प्रतिशतले बढेको छ । यसअवधिमा बैंकहरुले ४ अर्ब ८९ करोड ७१ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।

अघिल्लो वर्षको यसैअवधिमा बैंकहरुले ३ अर्ब ९० करोड ५७ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएका थिए । सबैभन्दा धेरै खुद ब्याज आम्दानी आर्जन गर्नेमा मुक्तिनाथ विकास बैंक रहेको छ ।

यसको खुद ब्याज आम्दानी २२.२४ प्रतिशतले बढेर १ अर्ब २ करोड ३९ लाख ४५ हजार रुपैयाँ पुगेको छ । यसअवधिमा ८ वटै बैंकको खुद ब्याज आम्दानी बढेको छ । सबैभन्दा धेरै खुद ब्याज आम्दानी बढाउनेमा गरिमा विकास बैंक रहेको छ । यसको खुद ब्याज आम्दानी ४१.१३ प्रतिशतले बढेर ७९ करोड ६२ लाख १७ हजार रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी शाइन रेसुंगा डेभलपमेन्ट बैंकको रहेको छ । यसको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८३ पैसाले बढेर २२ रुपैयाँ १२ पैसा पुगेको छ । एक वर्षमा शाइन रेसुंगा बाहेक अरु सबै बैंकको प्रतिसेयर आम्दानी घटेको छ । बैंकहरुको खुद नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि प्रभावित भएको हो ।

पहिलो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ । तैपनि, यसको खुद नाफा अघिल्लो वर्षको तुलनामा ११.०५ प्रतिशतले घटेर ३० करोड ७४ लाख १५ हजार रुपैयाँमा सीमित भएको छ । एक वर्षको अवधिमा ५ बैंकको खुद नाफा घटेको छ भने ३ बैंकको नाफा बढेको छ ।

पहिलो त्रैमाससम्ममा सबैभन्दा धेरै वितरणयोग्य नाफा मुक्तिनाथ विकास बैंकको रहेको छ । तथापि, यो वर्ष यसको वितरणयोग्य नाफा १४.८० प्रतिशतले घटेर ८१ करोड ४७ लाख ६६ हजार रुपैयाँमा सीमित भएको हो ।

यसअवधिमा सांग्रिला डेभलपमेन्ट बैंक बाहेक अरु सबै बैंकको वितरणयोग्य नाफा घटेको छ । ३ वटा बैंकको वितरणयोग्य नाफा भने ऋणात्मक छ ।

प्रतिक्रिया