काठमाडौं– नेष्डो समृद्ध लघुवित्त वित्तीयको आईपीओ बाँडफाँड भएको छ । नेष्डोका कार्यकारी प्रमुखका अनुसार संस्थाले सतप्रतिशत (१०० प्रतिशत) लाभांश दिन सक्ने क्षमता रहेको छ । नेष्डोको सेयर मूल्य कति पुग्ला आम लगाननीकर्ताको चासो छ ।
आईपीओ पर्ने लगानीकर्ताले पहिलो दिननै ७ हजार ८ सय २५ रुपैयाँ कामाउने छन्। कम्पनीको प्रति सेयर नेटवर्थ २६०.८४ रुपैयाँ रहेको छ । कम्पनी गत वर्ष प्रतिसेयर आम्दानी ५६.८७ रुपैयाँ रहेको छ। कम्पनीले आर्थिक वर्ष २०८०÷८१ मा प्रतिसेयर नेटवर्थ ४०७.५९ रुपैयाँको प्रक्षेपण गरेको छ भने प्रतिसेयर आम्दानी १३२.८२ रुपैयाँ पु¥याउने प्रक्षेपण गरेको छ । कम्पनीको ओपनिङ कारोबार न्यूनतम २६० देखि ७८२ रुपैयाँसम्म हुने छ ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले मंगलबार साधारण सेयरको बाँडफाँट गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रूपैयाँ अङ्कित मूल्यमा ८ करोड २८ लाख ७५ हजार मूल्य बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता साधारण सेयरमा दरखास्त आह्वान गरेको थियो ।
बिक्री प्रबन्धककानुसार आईपिओमा कूल २५ लाख २७ हजार १ सय १ जनाले आवेदन दिएका थिए । त्यसमा ४ हजार १ सय ४६ जनाको आवेदन रद्द भइ बाँकी २५ लाख २२ हजार ९ सय ५५ योग्य आवेदकमध्ये ७७ हजार ४ सय ५६ आवेदकलाई १० कित्ताका दरले गोला प्रथामार्फत सेयर बाँडिएको हो ।
कम्पनीले निष्काशन गरेको साधारण सेयरमा कूल निष्काशनको पाँच प्रतिशत (४१ हजार ४३७) कित्ता सामूहिक लगानी कोषलाई, जारी पूँजी (२५ करोड ५० लाख रूपैयाँ) को शून्य दशमलव पाँच प्रतिशत (१२ हजार ७५०) कित्ता सेयर कर्मचारीलाई र बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता सेयर खरिदका लागि सर्वसाधारणले गत फागुन ११ गतेदेखि १५ सम्म आवेदन दिएका थिए।
बाँडफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेवसाइट (मेरो सेयर) मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ। कम्पनी २०७३ मा स्थापना भएर कारोबार भइरहेको संस्था हो। कम्पनीको वित्तीय सूचक सबै हिसाबले उत्साहजनक रहेकोले लगानीकर्ताले राम्रै नाफा कमाउन सक्ने अनुमान गरिएको छ।