७ वर्षीय बालकलाई ओमीक्रोन भेरियन्ट संक्रमण

काठमाडौं - भारतको पश्चिम बंगालमा एक बालकलाई ओमीक्रोन संक्रमण देखिएको छ । पश्चिम बंगालको मुर्शिदावाद जिल्लाका एक ७ वर्षीया बालकमा ओमीक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको हो । 

राज्यको स्वास्थ्य विभागका अधिकारीलाई उद्धृत गर्दै एनडीटिभीले दिएको खबर अनुसार ती बालक भर्खरै यूएईको अबुधाबीबाट फर्किएका थिए । अबुधाबीबाट हैदराबाद हुँदै पश्चिम बंगाल पुगेका उनमा ओमीक्रोन संक्रमित देखिएको थियो । 

बालकलाई मुर्शिदावाद जिल्ला अस्पतालमा भर्ना गरिएको छ । 

 

नेपालको पूर्वी सीमाना जोडिएको पश्चिम बंगाल राज्यमा पहिलो पटक ओमीक्रोन भेरियन्ट फेला परेको हो । 

यसअघि भारतमा अर्का एक बच्चामा पनि ओमीक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको थियो ।

गत हप्ता महाराष्ट्र राज्यमा एक ३ वर्षीय बालकलाई ओमीक्रोन भेरियन्ट देखा परेको थियो । 

भारतको दिल्लीमा आज थप ४ जनामा ओमीक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको छ । यो सँगै भारतमा ओमीक्रोन पुष्टि हुनेको संख्या ७७ पुगेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय