लगानीकर्ता उत्साहित,दश मिनेटमा ६७ अंकले बढ्यो नेप्से

काठमाण्डौ । लगातार घटिरहेको नेप्से मंगलबारबाट भने हरियाली हुन सुरु गरेको छ । 

मंगलबार दोहोरो अंकले बढेको शेयर बजार बुधबार प्रिओपन सेसनमा समेत ७ अंकले बढेको थियो । त्यस्तै रेगुलर समयमा कारोबार सुरु भएको दश मिनेटमै नेप्सेले ६६ अंकको बृद्धि हासिल गर्न सफल भएको छ ।

३२ सयको विन्दुमा पुगेको नेप्से मौद्रिक निति र बैकको ब्याजरदरको प्रभावमा परि घटेको थियो । यस अवधिमा लगानीकर्ताहरुले अर्वौ गुमाएको लगानी अगुवाहरुले बताएका छन । शेयर बजार बढ्ने र घट्ने उतारचढाव भने निकैनै भइरहेको देख्न सकिन्छ । 

प्रतिक्रिया