काठमाडौँ — २४ घण्टामा देशभर १ हजार ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार विभिन्न जिल्लामा गरिएको ६ हजार ५६६ पीसीआर परीक्षणमा १ हजार ३९१ जनामा कोरोना पुष्टि भएको हो।
यसैगरी, ४ हजार ३० एन्टिजेन परीक्षणमा ९०८ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार २९९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ४२ हजार ५३ पुगेको छ । यस्तै, २४ घण्टामा ३ हजार ४५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ६ लाख ३६ सय पुगेको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ३४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार १७९ पुगेको छ ।