रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ।
दैलेख जिल्लाको भैरवी गाउँपालिका–७ पानिपोखरीमा हिजो दिउँसो चट्याङ लागेर १२ वर्षीया शर्मिला कँडेलको मृत्यु भएको हो।
चट्याङ्ग लागेर गम्भीर घाइते भएकी कँडेलको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
चट्याङ्ग लागेर एक बोका समेत मरेको प्रहरीले जनाइएको छ। हिजो दिउँसो करिब ४ बजेतिर हावाहुरीसहित वर्षा भएको थियो। त्यही समयमा चट्याङ परेको थियो ।