आधा दर्जन बैंकद्वारा नाफा सार्वजनिक, कुन बैंकको नाफा कति ?


काठमाडौं–वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो पाँच महिनाको नाफा धमाधम सार्वजनिक गरेका छन् । आधा दर्जन बैंकहरुले नाफा सार्वजनिक गरेका हुन् । नेपाल राष्ट्र बैंकका अनुसार सबैभन्दा नाफा आर्जन गर्नेमा एनआईसी एसिया पहिलो नम्बरमा रहेको छ । एनआईसी एसिया बैंकले पाँच महिना २ अर्ब ४० लाख रुपैयाँ नाफा आर्जन गरको छ । त्यसैगरी, ग्लोबल आइएमई बैंकले १ अर्ब ९६ करोड रुपैयाँ र नबिल बैंकले १ अर्ब ८९ करोड ४२ लाख रुपैयाँ नाफा कमाएका छन् ।


त्यसैगरी, नेपाल बैंकको नाफा १ अर्ब ३ करोड ५८ लाख, राष्ट्रिय वाणिज्य बैंकको नाफा १ अर्ब ८८ करोड ७० लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको १ अर्ब ३३ करोड १७ लाख, स्टयान्डर्ड चार्टर्ड बैंकले ९० करोड ३१ लाख, हिमालयन बैंकको नाफा ५६ करोड १० लाख रुपैयाँ छ । यता नेपाल एसबिआई बैंकले ६५ करोड ९५ लाख रुपैयाँ नाफा कमाउँदा नेपाल बगलादेश बैंकको नाफा ५४ करोड ६६ लाख रुपैयाँ छ । त्यसैगरी, एभरेष्ट बैंकको ७५ करोड ९२ लाख, बैंक अफ काठमाण्डूले ४९ करोड ५९ लाख, एनसीसी बैंकको नाफा ७५ करोड ५६ लाख, माछापुच्छे« बैंकले नाफा ८७ करोड ९७ लाख नाफा आर्जन गरेका छन् । 


त्यसैगरी, कुमारी बैंकले ६३ करोड २५ लाख, लक्ष्मी बैंकले ७८ करोड ८१ लाख, सिद्धार्थ बैंकले १ अर्ब ३३ करोड ८० लाख, कृषि विकास बैंकले ६५ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । त्यसैगरी, सिटिजन्स बैंकले ९९ करोड ६० लाख, प्राइम बैंकले १ अर्ब ५० करोड, सनराइज बैंक ७० करोड ३७ करोड, एनएमबी बैंकले १ अर्ब ३६करोड ७५ लाख, प्रभु बैंकले १ अर्ब ३७ करोड ६५ लाख, मेगा बैंकले १ अर्ब २६ करोड ३० लाख, सिभिल बैंकले ४१ करोड ११ लाख, सेन्चुरी बैंकको ४० करोड २५ लाख र सानिमा बैंकले ५ महिनाको अवधिमा ८६ करोड ४१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।
 

प्रतिक्रिया