काठमाडौ - साताकाे पहिलाे काराेबार दिन आज (साेमबार) पनि सेयर बजारकाे ओरालो यात्रामा निरन्तरता देखिएकाे छ । बजार लगातार घट्दा लगानीकर्ताकाे मनाेबल पनि घट्दै गइरहेकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १२.९२ अंकले घटेर २०६५.७८ विन्दुमा झरेकाे छ । नेप्से ०.६२ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.१२ अंकले घटेर ४००.३६ विन्दुमा झरेकाे छ ।
कूल २२८ वटा कम्पनीकाे ४४ लाख ९ हजार ६ सय ९१ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब २७ करोड ३३ लाख ८५ हजार २ सय ७७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।