शेयर बजारले मन नपराएका गभर्नर अधिकारीको निलम्बन अविलम्ब फिर्ता गर्न कर्मचारीहरुको माग

काठमाण्डौ । केही समय अघि छानविनको दायरामा आएसँगै निलम्वनमा परेका नेपाल राष्ट्र बैंक गर्भनर महाप्रसाद अधिकारीलाई फिर्ता बोलाउन माग गर्दै कर्मचारीहरु आन्दोलमा उत्रिएका छन । 

उनीहरुले  अधिकारीमाथि लगाइएको आरोप फिर्ता लिँदै अविलम्ब निलम्बन फुकुवा गर्न माग गरेका छन ।  आइतबार नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिले राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार परिसरमा कालो ब्यानर झुन्ड्याउँदै कोणसभाको आयोजना गरेका छन् ।

साथै, उपत्यका बाहिरका सम्पूर्ण राष्ट्र बैंकका प्रदेश कार्यालयहरूमा समेत कर्मचारी संगठनले एकैसाथ कालो ब्यानर झुन्ड्याएर  विरोध जनाएका छन् ।  कालो ब्यानर झुन्ड्याउनु अघि नेपाल राष्ट्र बैंकमा भएको कोणसभालाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंक कर्मचारी संघका केन्द्रीय अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले राष्ट्र बैंकको नेतृत्वमाथि पटक पटक आक्रमण हुने गरेको आरोप लगाएका छन् । 
हाल गभर्नर माथिको आक्रमण नयाँ नभई योभन्दा अगाडि पनि नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि पटकपटक आक्रमणहरू हुने गरेको स्मरण गर्दै अध्यक्ष तिम्सिनाले केन्द्रीय बैँकमाथि हुने गरेका आक्रमणका बेला नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय बैंकको स्वायत्तताको रक्षाका लागि विरोधका कार्यक्रमहरुमा उत्रने गरेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय