खोटाङमा पहिरोमा पुरिएर शिक्षकको मृत्यु

सांकेतिक तस्विर

खोटाङ -  खोटाङको रावा बेसी गाउँपालिका-३ मा स्कुल जाँदै गर्दा पहिरोले पुरिएर एक शिक्षकको मृत्यु भएको छ।

विश्वज्योती उच्च माध्यमिक विद्यालयमा पढाउने ६० वर्षीया सावित्रादेवी नेवारको मृत्यु भएको हो। बिहीबार बिहान ९ बजेर ४५ मिनेटमा वडा कार्यालय नजिकै पहिरो जाँदा नेवारको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए।

प्रहरीले यस घटनामा थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया