एमसीसी संसदमा पेश हुने खवरले लगानीकर्ता उत्साहित

काठमाण्डौ । लामो समयदेखि गिजोलिएको एमसीसी परियोजना आज संसदमा पेश हुने भएको छ । शिर्ष नेताहरुको बालुवाटारमा बेसको बैठकले आजको संसद बैठकमा सो परियोजना पेश गर्ने निर्णय भएको हो । 

‘गठबन्धनमा सहमति भएको छ, अव एमसीसी टेबल हुन्छ’, बैठकपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताए । गठबन्धनमा सहमति भएपछि आजै संसद बैठकमा एमसीसी टेबल गर्ने प्रधानमन्त्रीले तयारी गरेका छन् ।

यो परियोजना संसद भवनमा पेस हुने खवरले शेयर बजारमा समेत उत्साह थपिएको छ । अर्धसतक भन्दा धेरैले घटेको बजार यो खवर बाहिरिएसँगै विस्तारै लयमा आउन थालेको छ । 

प्रतिक्रिया