सोमबार सुनचाँदीको भाउ घट्यो,कतिमा भइरहेको छ कारोबार ?

काठमाण्डौ । आज सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन ३ सय र चाँदी १५ रुपैयाँले घटेको हो ।

आज सुन तोलामा ३ सयले घटेर छापावाला सुन प्रतितोला ९४ हजार ३ सय र तेजावि सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ।

हिजो छापावाला सुन प्रतितोला ९४ हजार ६ सय, तेजावी सुन ९४ हजार १ सय र चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया