काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा भारी गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ३७।२७ अकंले घटेर १९३४।११ बिन्दुमा बन्द भएको हो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३६ लाख ६६ हजार ८९१ कित्ता शेयर किनबेच भएको छ । नेप्से उच्च अकंले घट्दा कारोबार भने १ अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ रुपैयाँ भएको हो ।
नेप्से ३७ अकंले घटेर कारोबार समेत खुम्चिदा आज एक कम्पनीको शेयरमा सर्किट लागेको छ । आइतबार आधिँखोला लघुवित्तको शेयरमा सर्किट लागेको हो । साथै, प्रभु लाइफ इन्स्योरेन्सको ४।०५ प्रतिशत, सिवाईसी लघुवित्तको ४।०२ प्रतिशत र राष्ट्र उत्थान लघुवित्तको २।१५ प्रतिशतले बढेको हो ।