काठमाडौं - २४ घण्टामा देशभर १० हजार ३१९ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट ८ हजार ५४ र एन्टिनेज परीक्षणबाट २२६५ जनामा कोरोना पुष्टि भएको छ ।
२४ घण्टामा २१ हजार २०१ कोरोना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसमा १६ हजार ६५४ पीसीआर र ४ हजार ५४७ एन्टिजेन परीक्षण भएको छ ।
२३ घण्टामा २५४० जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या ४ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
परीक्षण बढ्पछि नयाँ संक्रमितको संख्या पनि बढेको छ । अघिल्लो दिनको तुलनामा कोरोनामुक्त हुनेको संख्या पनि बढिरहेको छ ।