बिहीबार पनि शेयर बजारमा शुभ संकेत,प्रिओपन सेसनमा ४ अङ्कले बढ्यो नेप्से

काठमाण्डौ । बुधबार दोहोरो अंकले बढेर बन्द भएको शेयर बजार आज बिहीबार प्रिओपन सेसनमा समेत ४ अङ्क भन्दा धेरैले बढेको छ । 

आजको हरियालीसँगै समग्र बजार १९६६ विन्दुमा पुगेको छ । यो सेसनमा २३ कम्पनीको शेयर किनबेच भएकोमा अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ भने २ कम्पनीको मात्र शेयर मूल्य घटेको छ । 

एक दर्जन भन्दा धेरै कम्पनीको शेयर मूल्य २ प्रतिशले बढेर कारोबार हुँदा बरुण जलविद्युत कम्पनीको शेयर सबै भन्दा धेरै रकमको किनबेच भएको छ । यो सेसनमा आज ८ लाख ३३ हजार भन्दा धेरै मूल्यको शेयर खरिद बिक्री भएको छ । 

प्रतिक्रिया