कमलराज ढकाल / चितवन - कालिका नगरपालिका ३ मा बहुविवाह विरुद्धको जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
बालविवाह तथा बहुविवाह विरुद्धको सचेतनामुलक सो कार्यक्रममा कालिका नगरपालिका वडा न ३ को वडा अध्यक्ष बिरेन्द्र तामाङ्गको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कालिका नगरपालिकाका नगरप्रमुख बिनोद रेग्मीले यस्ता कार्यक्रमहरु निरन्तर गर्नु पर्ने आबस्यता रहेको बताउनु भयो ।
साथै सो कार्यक्रममा नगरपालिकाको उपप्रमुख बिमला लामा ,इलाका प्रहरी कार्यलय टाँडीका प्रमुख रबिन बाबु रेग्मी लगाएतको उपस्थिति रहेको थियो ।
कालिका ३ का जनप्रतिनिधि, प्रधानध्यापक शिक्षकसाथै ५ देखि ८ सम्मका ११२ जना विद्यार्थी सहभागिता रहेको थियो । बालविबाह तथा बहुविवाह सम्बन्धि जनचेनामुलाक कार्यक्रममा कालिका शिक्षा शाखाका प्रमुख खेमनन्द भुसाल ,इलाका प्रहरी कार्यलय टाँडीका प्रमुख रबिन बाबु रेग्मीले जनचेतना मुलक कक्षा संचालन गर्नु भयको थियो ।
कार्यक्रम कालिक नगरपालिका नगरकार्यपालिकाको कार्यालय रेड्क्रसग्राम चितवनको जनहित आधारभुत बिद्यालयमा सम्पन्न भएको हो ।